माधवजी र मलाई सिध्याउन बालेनभन्दा ओली बढी लागेका छन्: प्रचण्ड

काठमाडौं। नेता माधव नेपाल र आफूलाई सिध्याउन एमाले अध्यक्ष ओली प्रधानमन्त्री बालेनभन्दा बढी लागेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दावी गरेका छन्। आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।

प्रधानमन्त्री बालेन साहसँग आफूलाई सिध्याउने सामर्थ्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओली जति नलागेको प्रचण्डले तर्क गरे।

आफूहरूले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरूलाई जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाए। ओलीले आफूहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएको पनि उनको कथन छ।

प्रचण्डले भने,माधवजीलाई त मुद्दा लड्काएको छ पहिलेको सरकारले। प्रचण्डको कहिले १ खर्ब ४० अर्ब दुबईमा छ भन्या छ। केही भएको भए माधवजी र मलाई सिध्याउन केपी ओलीको सरकार नै काफी थियो। हामीलाई कसरी फसाउने र सिध्याउने भन्नेमा केपीको हाइटमा बालेन छैनन्।

पार्टीका सहसंयोजकलाई अघिल्लो सरकारले मुद्दा लगाएर राखेको र आफ्नो बारेमा दुबईमा १ खर्ब ४० अर्ब रकम छ भनेर भ्रम फिँजाइएको भन्दै असन्तुष्टि जनाए।