डोल्पामा जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु,चालकसहित १३ जना घाइते

डोल्पा। डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु थापाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

जगदुल्ला–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जीप सडकबाट तल खसेको हो ।