कांग्रेसले सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप्यो
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन २ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको हो ।
समितिका सदस्य सहमहामन्त्री योगेन्द्र चौधरीले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिए । यसअघि नयाँ सदस्यता असार २० सम्म तोकेको कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
कांग्रेसले १५औं महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसभित्र क्रियाशिल सदस्यता वितरणलाई लिएर संस्थापन र इतर समूहबीच विवाद चर्किएको छ ।
