लिग–२ क्रिकेट शृङ्खला खेल्न जाने नेपाली टोलीको बिदाइ

फाइल तस्वीर

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–टु त्रिदेशीय शृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेको हो।

लिग–टु क्रिकेट शृङ्खला यही जुलाई २१ देखि ३१ सम्म हुने छ। यो शृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्।

८ वटा देश सहभागी लिग–टु तालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ। यस्तै नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो र नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छ।

यो शृङ्खलाअघि नेपालले जर्सीमा गएर २ वटा एकदिवसीय अभ्यास खेल पनि खेल्नेछ । क्यानका अनुसार नेपालले जर्सीमा तयारी क्याम्पसँगै जुलाई १३ मा पहिलो खेल र जुलाई १५ मा दोस्रो खेल खेल्नेछ।

यस्तो छ नेपाली टोली–

रोहित पौडेल दीपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की ,अर्जुन साउद र विनोद भण्डारी रहेका छन्। यस्तै ‘रिजर्भ’ खेलाडीमा सन्दीप जोरा,शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।