टिकापुर अस्पतालका प्रयोगशाला विभाग प्रमुख कर्मचारीबाटै कुटिए

सांकेतिक तस्वीर

काठमाडौं । कैलालीस्थित टिकापुर अस्पतालमा प्रयोगशाला विभाग प्रमुख उमेश प्रसाद बजगाईँमाथि सोही अस्पतालका फिजियोथेरापी विभागमा कार्यरत अनिल कुमार तिवारीले कुटपिट गरेका छन् । घटनापछि तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

घटना असार २३ गते दिउँसो करिब १ः५६ बजे अस्पताल परिसरभित्र भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सार्वजनिक भएको सीसीटीभी फुटेजमा अस्पतालको प्रवेशद्वार नजिक उभिएका बजगाईँतर्फ तिवारी पुगेपछि हातपात भएको देखिएको छ।

घटनापछि अस्पताल प्रशासनले छानबिन तथा कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो। सोही निवेदनका आधारमा प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ तथा थप अनुसन्धान गरिरहेको जनाएको छ। तिवारी लाई हिरासतमा राखिएको राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।