कर्मचारीले कार्यालय पोशाकमा टिकटक र रिल्स बनाउन नपाउने

काठमाडौं। अबदेखि सरकारी कर्मचारीले कार्यालय पोशाकमा टिकटक र रिल्स बनाउन नपाउने भएका छन् । ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो।
कार्यालय समयमा पनि कर्मचारीहरु टिकटक र रिल्स बनाउन व्यस्त हुँदा सेवा प्रभावित भएको गुनासो बढेपछि सरकार उक्त प्रवृत्तिप्रति एक्सनमा उत्रिएको हो।
आचारसंहिता अनुसार कर्मचारीले कार्यालय समयमा, कार्यालय परिसर वा फिल्डमा खटिएको बेला कार्यलयसँग सम्बन्धित प्रवर्द्धनात्मक वा शिक्षामूलक बाहेकका फोटो तथा भिडियो सामाग्री निर्माण गर्न र सामाजिक सञ्जालमा पोष्ट गर्न पाउने छैनन्।
त्यस्तै, फेसबुक, ह्वाट्सएप, टिकटक वा अन्य सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादामा आँच नआउने गरी व्यवहार गर्नुपर्ने आचारसंहितामा उल्लेख छ।
त्यसबाहेक सरकार वा मन्त्रालयबाट भएका निर्णयको गलत अर्थ लाग्ने, कर्मचारीको मानमर्दन हुने वा नागरिकमा भ्रम व अविश्वास पैदा हुने भ्रामक सामाग्री सेयर वा प्रचार गर्नमा पनि आचारसंहिताले रोक लगाएको छ।
