विष्णु पौडेललाई अझै तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका लागि पाँचौँ पटक हिरासत म्याद थप गरिएको छ।

सोमबार विशेष अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। अनुसन्धान अझै नसकिएकाले विभागले थप हिरासत आवश्यक रहेको भन्दै म्याद थपको माग गरेको थियो, जसलाई अदालतले स्वीकृति दिएको हो।

यसअघि असार २४ गते अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।