विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ: ज्ञानेन्द्र शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा विद्यार्थीमाथि राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले भिरमा अड्केको मानिसलाई उद्धार गर भन्नु राजनीतिकरण नभएको बताए।
‘मानिसले आत्महत्या किन गर्नुपर्योरु कर्णालीको भिरमा रहेका नागरिकको समयमा उद्धार हुन नपाएर किन मर्न बाध्य भए, समयमै किन हेलिकप्टर पठाइएन भनेर हामी सोध्दा गृहमन्त्रीले राजनीतिकरण गरियो भने’, उनले भने, ‘वास्तविक राजनीतिकरण के हो भने पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।
आफू पदमा नहुँदा नेताका तलब हटाउनुपर्छ भन्नेहरू पदमा पुगेपछि अघिपछि सुरक्षाकर्मीको लावलस्कर घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भन्दै उनले भने,आफैँ सरकारमा बस्ने, आफ्ना कार्यकर्ता लगाएर प्रतिपक्षी नेताका घरअघि र मिडियाका कार्यालयअघि पार्किङ गराउने र त्यसको भिडिओ बनाएर सर्वसाधारणले गरेको भन्नेलाई राजनीतिकरण भनिन्छ।
कर्णालीका भिरमा अड्केका मानिसलाई उद्धार गर भन्दा डनगिरी देखाइएको आरोप लगाए। उनले भने,पछि संसदको रोस्ट्रममा उभिएर रोएको अभिनय र नाटक गर्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ।
