आज असार ३० गते मंगलबार,यस्तो छ तपाईको राशिफल

मेष- आफन्त तथा नजिकका व्यक्तिहरूसँगको भेटघाटले मन प्रफुल्लित रहनेछ । स्वादिष्ट भोजन तथा आतिथ्य सत्कारको अवसरले दैनिक जीवनमा सन्तुष्टि थप्नेछ।आत्मविश्वास, दक्षता र समय व्यवस्थापनको उचित उपयोग गर्न सके अपेक्षित सफलता हात पार्न सकिनेछ ।

वृष- पारिवारिक वातावरणमा सामान्य तनाव वा असमझदारी देखा पर्न सक्छ । अनावश्यक खर्च नियन्त्रण गर्न नसके आर्थिक सन्तुलनमा असर पर्न सक्छ । नयाँ योजना, लगानी वा दीर्घकालीन निर्णय अघि बढाउँदा पर्याप्त अध्ययन र सतर्कता आवश्यक रहनेछ ।

मिथुन- आम्दानीका विविध स्रोतहरू खुल्ने सम्भावनाले आर्थिक स्थिति सुदृढ बन्ने संकेत छ । कार्य क्षेत्रमा उपलब्धि हासिल भई प्रतिष्ठा वृद्धि हुने समय रहेको छ । पारिवारिक वातावरण सुखद र उत्साहपूर्ण रहनेछ, जसले मानसिक सन्तुलन र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

कर्कट- व्यवसाय विस्तारका नयाँ आयामहरू खुल्नेछन् भने कार्यस्थलमा सम्मान वा पदोन्नतिको प्रबल सम्भावना देखिन्छ । सहकर्मी तथा मित्रवर्गबाट सहयोग प्राप्त हुने भएकाले जटिल कार्यहरू पनि सहज रूपमा सम्पन्न हुनेछन् । सामाजिक सम्बन्धहरू थप प्रगाढ बन्नेछन् ।

सिंह- सामाजिक तथा धार्मिक गतिविधिमा सक्रियता बढ्दै जानेछ, जसले प्रतिष्ठा र आत्मसन्तुष्टि दुवै वृद्धि गर्नेछ । रमाइलो यात्रा, भ्रमण वा सान्निध्यको अवसर प्राप्त हुन सक्नेछ । मानसिक रूपमा सन्तुलन र शान्तिको अनुभूति हुनेछ ।

कन्या- आलस्यता तथा शारीरिक थकानका कारण कार्य क्षमतामा कमी आउन सक्ने भएकाले स्वास्थ्य प्रति विशेष सजग रहनु आवश्यक छ । व्यवसायिक क्षेत्रमा केही अवरोध वा विवाद उत्पन्न हुन सक्छ । धैर्य, संयम र विवेकपूर्ण निर्णयले परिस्थितिलाई सहज बनाउन मद्दत गर्नेछ ।

तुला- उर्जा, उत्साह र प्रेरणाले भरिएको समय रहनेछ । यात्रा तथा बस्त्रसम्बन्धी व्यवसायमा लाभ प्राप्त हुने संकेत छन् । वैवाहिक जीवनमा देखिएका असमझदारी क्रमशः हट्दै जानेछन् र सम्बन्धमा मिठास थपिनेछ । सन्तानको तर्फबाट सुखद समाचार प्राप्त हुन सक्नेछ ।

वृश्चिक- कार्यस्थलमा देखिएका समस्याहरू समाधानतर्फ उन्मुख हुनेछन् र प्रतिस्पर्धीहरू कमजोर पर्नेछन् । यसले आत्मविश्वास र सन्तुष्टि बढाउनेछ । सर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुने अवसर प्राप्त भई जीवनमा नयाँ ऊर्जा सञ्चार हुनेछ ।

धनु- शैक्षिक तथा बौद्धिक क्षेत्रमा प्रगतिको सम्भावना देखिन्छ । पारिवारिक तथा सामाजिक दायित्व पूरा गर्न समय खर्चिनुपर्नेछ । व्यवसाय वा रोजगारी सामान्य गतिमा अघि बढ्ने भए पनि निरन्तरता र अनुशासनले भविष्यका लागि सकारात्मक आधार तयार गर्नेछ ।

मकर- स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्ने भएकाले आराम र सन्तुलित आहार आवश्यक हुनेछ । खर्चको मात्रा बढ्न सक्ने हुँदा वित्तीय व्यवस्थापनमा सावधानी अपनाउनु उपयुक्त हुन्छ । विरोधी वा प्रतिस्पर्धी सक्रिय हुन सक्ने भएकाले सतर्कता र संयम आवश्यक रहनेछ।

कुम्भ- व्यवसाय विस्तारका अवसरहरू प्रबल देखिएका छन्, जसले आर्थिक उन्नतिमा सहयोग पुर्‍याउनेछ । मान सम्मान तथा सामाजिक प्रतिष्ठा वृद्धि हुने समय रहेको छ। दाजुभाइ तथा नातेदारबाट सहयोग प्राप्त भई कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन् ।

मीन- आर्थिक पक्ष क्रमशः सुधारतर्फ उन्मुख रहनेछ । यद्यपि, वाणीमा संयम नअपनाए पारिवारिक वा आफन्तीय सम्बन्धमा विवाद उत्पन्न हुन सक्ने सम्भावना छ। विवेक, धैर्य र दूरदर्शी निर्णयले परिस्थितिलाई अनुकूल बनाउन मद्दत गर्नेछ ।