आज असार ३२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष- आजको प्रयासले भविष्यमा छात्रवृत्ति, सहुलियत वा विशेष अवसर दिलाउन सक्छ । बुद्धि र सीपको प्रयोगबाट अतिरिक्त आम्दानी हुने सम्भावना छ । लेखन, कला वा संगीतजस्ता सिर्जनात्मक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने प्रतिष्ठा बढ्नेछ ।
वृष- विश्वासको कमीका कारण साना–साना विवाद हुन सक्छन् । कुनै पनि कुरा लुकाएर नराख्नु राम्रो हुनेछ । आफ्नो क्षमता र सीप प्रदर्शन गर्ने अवसर मिल्नेछ । व्यापार वा साझेदारीका काममा दौडधूप भएपनि आर्थिक अवस्था सन्तुलित रहनेछ ।
मिथुन- घर परिवारमा कसैको व्यवसायिक वा पेसागत उन्नतिको समाचार सुन्न पाइनेछ । पारिवारिक जमघट वा भोज भतेरमा सहभागी बन्न सकिनेछ । प्रतिष्ठा र व्यवसायिक उन्नतिका लागि गरिएको प्रयास सफल हुने संकेत छ ।
कर्कट- आफ्नो क्षमता र प्रस्तुतीकरणका माध्यमबाट विशेष अवसर प्राप्त गर्न सक्नुहुन्छ । अतिरिक्त आम्दानीका लागि मेहनत गर्नुपर्ने दिन छ । व्यक्तिगत खुसीका लागि खर्च बढ्न सक्छ । आवश्यक भौतिक सामाग्री खरिद गर्न सकिनेछ ।
सिंह- व्यापार तथा बिक्रीमा सुधार आउनेछ । हिसाब किताबमा भएका त्रुटि सच्याएर अघि बढेमा राम्रो लाभ मिल्नेछ । आत्मविश्वास बढ्नेछ र घरायसी काम समयमै सम्पन्न हुनेछन् । अरूको भन्दा आफ्नै कमजोरी सुधारमा ध्यान दिनु लाभदायक हुनेछ ।
कन्या- हिसाब किताबमा समस्या आउन सक्ने भएकाले आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस् । आफन्तको साक्षी बस्ने वा लेनदेनको जिम्मा लिनु उपयुक्त हुँदैन । थकान र मानसिक तनाव बढ्न सक्छ, त्यसैले आराम गर्नु राम्रो हुनेछ ।
तुला- लाभदायक काममा व्यस्तता बढ्नेछ । समन्वयमा केही कमजोरी देखिए पनि राम्रो व्यवहार र मधुर बोलीले समस्या समाधान गर्न सकिनेछ । प्रेम र दाम्पत्य जीवन सुखद रहनेछ । व्यापारमा प्रगति हुनेछ र रोकिएका काम पूरा हुने सम्भावना छ ।
वृश्चिक- भाग्यभन्दा आफ्नै मेहनतमा विश्वास गर्ने दिन हो । अध्ययन वा परीक्षाको तयारी गरिरहनुभएको छ भने राम्रो परिणाम प्राप्त हुनेछ । कार्य क्षेत्रमा वरिष्ठको सहयोग र मार्गदर्शन मिल्नेछ । प्रतिष्ठा, सम्मान र आर्थिक लाभ बढ्ने सम्भावना छ ।
धनु -वरिष्ठ तथा सम्मानित व्यक्तिसँग सम्बन्ध सुदृढ हुनेछ । कर्म प्रति समर्पण बढ्नेछ र प्रतिष्ठामा वृद्धि हुनेछ । वैदेशिक परियोजना वा काममा सफलता मिल्न सक्छ । प्रेम सम्बन्धका लागि समय निकाल्न सके सम्बन्ध अझ मजबुत बन्नेछ ।
मकर- चुनौतीका बीच आफूलाई प्रमाणित गर्ने अवसर मिल्नेछ । शारीरिक कमजोरी वा मानसिक तनावले लक्ष्यमा असर पार्न सक्छ । आध्यात्मिक गतिविधि वा एकान्तमा केही समय बिताउँदा मन शान्त हुनेछ ।
कुम्भ- किनमेल तथा व्यापारबाट लाभ हुने दिन छ । साझेदार र सहयोगीको पूर्ण साथ मिल्नेछ । प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुन सक्छ। वैदेशिक व्यापार, आयात–निर्यात तथा ट्राभल व्यवसायमा राम्रो अवसर मिल्नेछ ।
मीन- प्रकृतिसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ । परिवारको भावना र आवश्यकतालाई बेवास्ता नगर्नुहोस् । कार्यालय वा घरमा आफ्ना कुरा सबैले नबुझ्दा निराशा हुन सक्छ, तर रिस र आवेग नियन्त्रण गर्नु आवश्यक छ ।
