चितवन जिल्ला प्रशासनको समन्वयमा ग्यास सिलिन्डर वितरण
प्रेम प्रसाद कडेल
चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले वृद्ध, अशक्त, दीर्घ रोगी र कोठा भाडामा बस्ने विद्यार्थी सबै सबैमा ग्यास सिलिन्डर वितरण गर्ने कार्य सम्पन्न गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख व्यवस्थापनमा व्यापारिक डिलर मूल्यमा बाबा, जानकी, साइ बाबा कम्पनीका तीन हजार ग्यास सिलिन्डर जनताले प्राप्त गरेका छन्।
जनस्तरको गुनासो व्यवहारबाट हल भएको चितवन जिल्ला प्रशासनका प्रमुख प्रशासकिय अधिकृत मदन लामा थिङ्गले जानकारी दिए। यो घटनाले महानगरपालिकाका बासिन्दाले खुसी व्यक्त गरेका छन्। ग्यास सिलिन्डर वितरण भरतपुरको केन्द्रीय बस टर्मिनल भवनमा भएको थियो।
