इन्स्पेक्टर शिवाकोटी प्रहरीको नियन्त्रणमा
काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीबारे अनुसन्धान गर्नुपर्ने भएको हुनाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए। उनीबिरुद्ध बालयौन दुरुपयोग गरेको आरोप छ।
शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ। प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघि मात्र अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका उनी इन्जेलिजेन्स शाखामा कार्यरत छन्।
