प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् आजको सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७९÷०८० पेश गर्ने संसद् सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ।
महासचिव पदमप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
