आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो।
अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको विषयमा गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय महत्त्वका अभिलेखको व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
