सेवामुखी बन्दै मुगुमा बर्थिङ सेन्टर

 मुगु प्रतिनिधि
ब्याक टु लाइफ नामक जर्मन संस्थाको आर्थिक सहयोगमा नेपालको दुर्गम मुगुमा बर्थिङ् सेन्टर नामक स्वास्थ्य कार्यक्रम मार्फत् मातृ स्वास्थ्य एवम् हेरचाह लगायतका उदाहरणीय काम गर्दै आएको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक) नामकाजी हैन कामकाजी, ब्याबहारिक एवम् सेवामुखी बन्दै गएको छ ।
मुगुमा स्थापित गैरसरकारी संस्था हेरेन्डेकद्वारा सर्वप्रथम २०६९ असोज १४ गते सदरमुकाम नजिकैको गाउँ ढुममा आधारभुत सुबिधासहित स्थापना भएको थियो । स्थापनाकाल देखि नै श्“अनुभवी बरिष्ठ अनमी, अहेबद्वारा सेवा दिइएको थियो । ढुममा सञ्चालित बर्थिङ सेन्टरमा आधुनिक अल्ट्रासाउण्ड (भिडियो एक्स रे) मेसिनद्वारा  विश्वासिलो ढंगले चेकजाँच भैरहेको त्यहाँ कार्यरत अनमीले बताइन् । आधुनिक उपकरणद्वारा चेकजाँच हुने हुनाले सदरमुकाम र अन्य टाढा–टाढाका गाउँबाट पनि सेवा लिन आउने गरेका छन् । स्थानियहरुका अनुसार आधुनिक औषधी उपकरण र अनुभवी स्वास्थ्यकर्मीद्वारा निःशुल्क औषधोपचार एवम् हेरचाह हुने हुनाले टाढा–टाढाबाट पनि सेवा लिन धाउने गरेका छन् । त्यस्तै सेवा लिन आएकी बिष्णु रोकायाका अनुसार त्यहाँको सेवा सुबिधाका कारण हवाइजहाज चढेर शहर–बजार पुगेर विश्वाशिलो तरिकाले गर्भ चेकजाँच तथा हेरचाह गर्न नसक्नेहरुका लागि हामी बर्थिङ सेन्टर बरदान साबित भएको छ । पहिले–पहिले विविध कारणले सुत्केरी हुन नसकेर धेरै गर्भवति महिलाले अकाल ज्यान गुमाउनु पेरेको र हाल अनुभवप्राप्त स्वास्थ्यकर्मी तथा चेकजाँचका आधुनिक उपकरणले गर्दा यदि जोखिम भए पूवै जानकारी पाइने र जोखिम नभए बर्थिङ सेन्टरमै भरपर्दो सुबिधा पाइने गरेको छ । भरपर्दो र आधुनिक उपकरणद्वारा सेवा दिइने र दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी निरन्तर कार्यरत हुनाले त्यो क्षेत्रमा रहेका अन्य सरकारी स्वास्थ्य चौकी र जिल्ला अस्पतालबाट पनि सेवाग्राहीहरु बर्थिङ सेन्टरमा धाउने गरेका छन् ।
सुबिधा सम्पन्न आफ्नै भवनमा चेकजाँच र हेरचाह सुबिधाका अलावा त्यहाँ आगन्तुक सेवाग्राही, जनस्वास्थ्य तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय सन्दर्भसम्बन्धी जिज्ञासु, स्वास्थ्यकर्मीका लागि ज्ञानमूलक पुस्तक र सामग्रीहरु भएको अलग्गै पुस्तकालय सेवा समेत रहेको छ । औषधी उपकरण राख्न स्टोर सुबिधा, सुत्केरी गराउन, गर्भवति चेकजाँच गर्न, भिडियो एक्स रे गर्न र औषधी वितरण गर्न अलग–अलग कोठाहरु उपलब्ध गराएको बर्थिङ सेन्टरले हाल मुगु जिल्लाका अन्य दुई ठाउँमा यसै बर्षका सुरुवात देखि सदरमुकामबाट टाढा सेरी गा.बि.स. र रारा गा.बि.स.मा प्रसुति गृहका नाममा सेवा बिस्तार गरेको छ । सुरुमा स्थापित ढुम बर्थिङ सेन्टरमा दिइने सेवा सुबिधा र दक्ष स्वास्थ्यकर्मीसहितका सुबिधा भएकाले यो क्षेत्रका जनताले पनि पहिले जस्तो सास्ती खेप्नु परेको सेरी गा.बि.स. सचिबले जनाए ।
यो सेवासुबिधा छिट्टै जिल्लाका अन्य दुई ठाउँमा पनि बिस्तार गरिने जनाइएको छ । मासिक ५० जना भन्दा बढीले सेवा लिने गरेको ढुम र अन्य स्थानका प्रसुति गृहहरुमा सरकारी क्षेत्रबाट पनि प्रोत्साहन पाइएको खण्डमा झन् प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने ढुम बर्थिङ सेन्टर प्रमुख बताउँछन् ।
दुर्गम मुगुमा कार्यरत सयौं गैरसरकारी संस्थाहरुले हेरेन्डेक जस्तै जनमुखी, सेवामुखी र उत्तरदायीपूर्ण ढंगले आफ्नो तोकिएको क्षेत्रमा जुट्ने हो भने दुर्गम मुगु चाँडै नै सुगम बन्ने देखिन्छ जब की जि.बि.स. मुगुका अनुसार मुगुमा हरेक आर्थिक बर्षमा सरकारी क्षेत्रबाट विनियोजित रकम भन्दा तिनगुणा बढी बजेट गैरसरकारीसंस्थाहरु मार्फत् लागु भएको हुन्छ । जनउत्तरदायीपूर्ण उवम् सेवामूलक कार्यक्रम् बर्थिङ सेन्टरबाट सिकेर त्यहाँ कार्यरत गैरसरकारी संस्था, सरकारी निकाय र स्वयं नागरिकहरु समेत जागरुक र सचेत हुन जरुरी छ ।