माओवादी, प्रदेश नं. ६ र नरेश भण्डारी

नरेश भण्डारीको उम्मेद्वारीले सदिऔं देखि पछि पारिएको कर्णालीले पनि काँचुली फेर्नेछ

उपेन्द्र न्यौपाने ‘निर्दोष’

अढाई सय बर्ष देखि केन्द्रीय शासन सत्ताको सौतेनी ब्यवहारबाट अवहेलित छ कर्णाली । र आपूmलाई अवहेलित महसुस गर्न विवश छ । आधुनिक प्रविधीको यो एक्काइसौं सताब्दीमा पनि कर्णालीको विकासको पहुँच १९औं सताब्दीकै जस्तो छ । सांस्कृतिक हिसाबले कर्णाली आफैमा कला सम्पन्न छ । सभ्यताका हिसाबले नेपाली सभ्यताको विकास नै कर्णालीमा भएको हो अर्थात् जुम्लाको सिञ्जाबाट भएको हो । हरेक हिसाबले पृथक पहिचान र अस्तित्व छ कर्णालीको ।

 

कर्णालीसंग राज्यलाई दिने सक्ने थुप्रै साधन स्रोत छ तर राज्यले कर्णालीलाई केहि दिएन । देश अहिले हिजोजस्तो एकात्मक छैन, संघिय छ । कर्णाली पनि हिजो भन्दा आज केहि नजिक हँुदैछ तर बर्षौंसम्म उत्पिडन र अवहेलनामा परेको कर्णालीलाई राज्यका अन्य प्रदेशसंग संगै दौडिन धेरै समय लाग्नेवाला छ । कर्णाली अर्थात् हामी सँधै उत्पिडित अवस्थामा रहन सक्दैनौ । उचित पनि हुन सक्दैन ।


नेपालको पछिल्लो राजनैतिक कालखण्डकै कुरा गर्ने हो भने पनि देश तिस बर्ष राजालाई दियौं तर पनि बनेन । तिस बर्ष दलहरू (कांग्रेस, एमाले र राप्रपा) लाई दियौं, विकास भएन । विशेष गरि कर्णालीका लागि कसैले केहि गरेनन् । उनिहरुका लागि कर्णाली पर्यटकिय स्थलको रुपमा मात्र सिमित भयो । आजसम्म देशको उच्च पदमो जो जो पुगेका छन् उनिहरु कर्णाली पुगे, त्यहाँको सुन्दर प्रकृति हेरे, रमाए, फर्के । तर कर्णालीको लागि न कुनै योजना बनाए, न कुनै विकासको निर्देशन दिए । हामी कर्णालीवासीहरु पनि उनिहरुलाई सम्मान र स्वागत गर्नमै व्यस्त भयौं । हामी पनि मुकर्दशक जस्तै भयौं यतिञ्जेल ।

 

उत्पिडित वर्गका लागि भनेर जनयुद्ध भयो । त्यहि जनयुद्धमा सबैभन्दा ठूलो सहभागिता कर्णालीको थियो । सबैभन्दा धेरै कर्णालीका मरे जनयुद्धमा पनि । जनयुद्धबाट शान्ति हुँदै संसदिय राजनितिमा आएको माओवादीले पनि कर्णालीको लागि विशेष भूमिका खेल्न सकेन । भलै कांग्रेस, एमाले भन्दा त केहि ग¥यो । माओवादी अध्यक्ष प्रचण्ड पनि बेला बेला कर्णाली पुगेर कर्णाली पुगेर ‘तपाइँहरुको पक्षमा म छु’ भन्ने वाचा गरिरहनु भएको त छ तर अझै हामीलाई पूर्ण विश्वाश छैन किनकी विगतको कारणले ।

 

हामी हाम्रै कार्यकारी नेतृत्व भएमात्र विश्वस्त हुने अवस्थामा छौं । आउँदो मंसिरमा ऐतिहाँसिक प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन हुँदैछ । सबै दलहरु प्रदेश सभामा मुख्यमन्त्रीको उम्मेदवार पनि घोषणा गरेर निर्वाचनमा होमिदैछन् । जम्मा भू–भागको ८० प्रतिसत कर्णाली अञ्चल रहेको अहिलेको प्रदेश नम्बर ६ मा प्रदेश सभाको मुख्य मन्त्रीको उम्मेदवार कर्णालीबाट नै हुने आशा सम्पूर्ण कर्णालीवासीहरुले गरेकाछन् । प्रदेश नम्बर ६ को विकास प्रक्रिया देखि नै माओवादी पार्टिको विशेष भूमिका रहेका अवस्थामा अब हुने प्रदेश सभाको मुख्यमन्त्री पदमा माओवादीले पनि कर्णाली रोज्छ र कर्णालीको जनप्रिय नेतार्लाइ रोज्छ भन्ने विश्वास हामी कर्णालीका माओवादीलाई लागेको छ । यसका लागि उपर्युक्त उम्मेदवार, कर्णालीको लागि विगत देखि अहिलेसम्म धेरै योगदान दिनु भएका जनप्रिय युवा नेता नरेश भण्डारी हुन् ।

 

नरेश भण्डारीलाई माओवादीले पनि मुख्यमन्त्रीको टिकट दिनुपर्छ र यो प्रदेशका जनताले पनि उहाँलाई विश्वास गर्न जरुरी छ । अबको पाँच बर्षका लागि प्रदेश नम्बर ६ को मुख्यमन्त्री यदि नरेश भण्डारीलाई बनाउन हामी सफल भयौं भने आगामी पाँच बर्षभित्र यो प्रदेशको मुहार नै परिवर्तन हुनेछ, जसरी कर्णालीको स्वास्थ्य तथा समाज सेवाका क्षेत्रमा उहाँले गरेको योगदानलाई मुल्यांकन गर्ने हो भने । यो प्रदेशका समग्र माओवादी नेताहरुमा नरेश भण्डारी एकमात्र अब्बल र इमान्दार एवम् जनमुखी नेता हुन् । र सदिऔं देखि पछि पारिएको कर्णालीले पनि काँचुली फेर्नेछ । त्यस पछि मात्र कर्णाली (६ नं.) प्रदेशले खास बिकासका खास अनुभूति गर्नेछ । यदि नरेश भण्डारीले मुख्यमन्त्रीको टिकट पाए भने कर्णाली क्षेत्रका माओवादीले मात्र होइन, सम्पूर्ण कर्णालीवासीले माओवादीलाई मत दिनेछन् ।

 

र अन्त्यमा, जनयुद्धमा कर्णालीको योगदानलाई कदर गर्दै शासन सत्ताको नेतृत्व गर्ने अवसरबाट कर्णालीलाई वञ्चित नगराइयोस् । हाम्रो होइन राम्रो र विकासप्रेमी लाई खोजौं र रोजौं पनि ।

 

(लेखक नेपाली जनप्रगतिशील मञ्च मलेसियाका उपाध्यक्ष हुन्)