कांग्रेस प्रवक्तामा गगन थापा
प्रकासित मिति : १० कार्तिक २०७४, शुक्रबार
प्रकासित समय : ००:४३
काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा चर्चित युवा नेता गगन थापा मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार गगन थापालाई प्रवक्ता मनोनित गरेका हुन् ।
देउवा सभापतिमा निर्वाचित भएदेखि नै प्रवक्ता पद रिक्त थियो । केन्द्र र प्रदेश निर्वाचन नजिकिँदै जाँदा देउवाले प्रवक्ता मनोनयन गरेका हुन् ।
थापा पार्टी महाधिवेशनमा कृष्ण सिटौला समूहबाट महामन्त्री उम्मेदवार बनेका थिए । उनी माओवादीसँगको मिलिजुली सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए ।