सक्छौ सडकबाट उचाली………………..
प्रवाशी काजी, रावतकोट दैलेख

सक्छौ सडकबाट उचाली धरहरामा राखिदेउ !
म निडर नै हुँ चाहे तिमी कठघरामा राखिदेउ !!
मलाई आँखामा पट्टी बाँधी शहरमा बस्नू छैन
बिन्ती छ मलाई मेरै कुना कन्दरामा राखिदेउ !
यहाँ गजलमा दिनहुँ विवाद बढ्दैछ प्रियतमा
मक्तामा तिमी बसेर, मलाई मिसरामा राखिदेउ !
जसरी होमिन्छन पुतली बत्तीमा अन्त मरेपनि
तिमी फूल हौ तिम्रो जिन्दगी भमरामा राखिदेउ !
भर्खर छोराले डिग्री सिद्दायो बाले जिन्दगी पढे
आमा भन्छिन् मलाई अब कखरामा राखिदेउ !