गृहमन्त्रालयले दश जना गुण्डानाइकेलाई इन्काउन्टर गर्ने तयारी

काठमाडौ साउन ६।गृहमन्त्रीमा राम बहादुर थापा नियुक्त भएपछि मुलुकभर गुण्डा गर्दी गर्ने , भ्रष्टाचारी र धन्दावालाहरुको निदहराम भएको छ । गृहमन्त्री बादलले यातयातमा देखिएको सिन्डिकेट पूर्णरुपमा हटाएसँगै मेनपावर क्षेत्रमा हात हालिसकेका छन् ।उनले ठगी गर्ने मेनपावर व्यावसायीलाई पक्राउ गर्न थालिसकेका छन् ।

 

त्यस्तै थापाकै निर्देशनमा समयमा काम नगर्ने ठेकेदारलाई समेत पक्राउ गरी मुद्दा चलाउन थालिएको छ ।  सिंहकै भूमिकामा देखिएका बादलको निर्देशनमा गुण्डाहरुको लिस्ट तयार भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार झण्डै ४ सय गुण्डाको लिस्ट तयार भएको छ ।

 

ग्रेड छुट्याएर हामीले गुण्डाहरुको लिस्ट तयार पारेका छौँ । जबरजस्ती चन्दा अुशली, अवैध धन्दा र गुण्डागर्दीमा समलग्नहरुको लामो सुची छ । करीव ४ सयको संख्यामा पाएका छौँ,’ गृहमन्त्रालयका एक अधिकारीले भने,‘सबै फाइनल भइसकेको छ । अब काम शुरु गर्न मात्रै बाँकी छ ।’ स्रोतका अनुसार १० जना गुण्डालाई इन्काउन्टर गर्ने योजना गृहमन्त्रालयको छ । ‘हत्या, काटमार र असुली धन्दामा लागेका १० जनाको इन्काउन्टर गर्न गृहमन्त्रालयले ‘स्पेशल टास्कफोर्स’ तयार गरेको छ,’ स्रोतले भन्यो,‘ हाम्रो फोर्स अब छिटै ‘मुभ’ हुनेछ ।

 

चर्चित गुण्डाको इन्काउन्टर गरेर चर्चामा आएका नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल गृहमन्त्रीको योजनामा काँधमा काँध मिलाउन लागि परेका छन् । यसअघि यातयात व्यावासायीको सिन्डिकेट हटाउन खनालले गरेको सहयोगबाट गृहमन्त्री थापा निकै प्रभावित छन् ।

 

‘उहाँले सिन्डिकेट हटाउनका लागि दिनभर गृहमन्त्रालयबाटै गृहमन्त्रीको अादेशलाई सिरोपर गर्दै सहयोग गर्नु भएको थियो,’ स्रोतले भन्यो,‘टोले गुण्डाहरुको सफाय गर्ने अभियान थाल्ने व्यक्ति उहाँनै हो । अहिले गृहमन्त्री र आइजीपीको ‘स्पीड’ मिलेको छ ।’