परराष्ट्र मन्त्रालय कूटनीतिक राहदानी सरकारी कामकाजमा मात्रै प्रयोग गर्न अाग्रह

काठमाडौं भदाै २६।परराष्ट्र मन्त्रालयले कूटनीतिक राहदानी सरकारी कामकाजमा मात्रै प्रयोग गर्न सांसदहरूलाई आग्रह गरेको छ ।सचिव बैरागीले कूटनीतिक राहदानी सांसदहरुले दुरुपयोग गरेको घटना अन्य देशमा सांसदहरु पुगेपछि आउने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्ने दायित्व राज्यको रहेको बताए।

 

कुटनितीक राहदानीको प्रयोग जथाभावी गर्दा आफ्नै साख पनि गिर्ने भन्दै सरकारी कामकाजमा मात्रै प्रयोग गरिदिन परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आग्रह गरेका छन् ।उनले सार्वजनिक पदधारण गरेका व्यक्तिहरुलाई कूटनीतिक राहहानी प्रयोगमा विभेद नगरिएको जानकारी दिए।

 

प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा ‘राहदानीसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै उनले कूटनीतिक राहदानी दुरुपयोग भएको विगतको अनुभवलाई ध्यानमा राखेर विधेयकमा सरकारी प्रयोजनका लागि सांसदहरुले कूटनीतिक राहदानी प्रयोग गर्न पाउने प्रावधान राखिएको छ ।

 

विधेयकमा सांसदहरुले कूटनीतिक राहदानी प्रयोग गर्दा सरकारको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। कूटनीतिक राहदानी दुरुपयोग हुन नदिन सांसदहरुलाई पनि अनुमति लिएर मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न पाउने कानुनी व्यवस्था गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।