नेपालले ४ वर्षभित्र पूर्व-पश्चिम रेल सञ्चालन हुन्छ: मन्त्री महासेठ

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने प्रतिवद्धता दोहोर्याएका छन् । जनकपुरधाम उपमहानगरपालिका(१४ स्थित रजौलमा आज ९मंगलबार० आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने यस्तो प्रतिवद्धता दोहोर्याएका हुन् ।

 

साथै, मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने बताए ।

 

यस्तै, उनले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको पनि बताए । मन्त्री महासेठले भने, ‘मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।’

 

हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी एक वर्षभित्र पूरा हुने धारणा व्यक्त गरे । रासस