आजमिति २०७५ साल असोज ३१ गते बुधबार तपाईका लागि यस्तो छ आजको राशीफल

मेषः– अवसरको खोजीमा हुनुहुन्छ भने त्यो आज प्राप्त हुनसक्छ मेहनत थोरै बढि गर्नु होला । सामान्यतया गरेका काम हुने ग्रह गोचरमा देखिन्छ । व्यापारबाट आय आर्जन राम्रै हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । घरका समस्या केहि समाधान भएर जानेछन् ।

 

वृषः– समयमा अझै पूर्ण सुधार आउने छैन । सामान्य अवस्थाम फर्किनु हुनेछ । मेहनत अनुसारको फल भने मिल्नेछ । मानसिक तनावमा कमि आउनेछ । काम गर्दा हेलचक्रयाई नगर्नु होला विग्रिने छन् । अहार विहारमा ध्यान दिन होला । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । यात्रा हुनसक्छ ।

 

मिथुनः– दिन प्रतिकुल देखिन्छ । गरेका काम असफल हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला ।

 

कर्कटः– समयमा सामान्य सुधार आउनेछ । स्वतन्त्र प्रकृतिका कामबाट लाभान्वित हुनुहुनेछ । आफन्तको सामान्य सहयोग मिल्नेछ । लोभ मोह बढ्नेछ । विना विचार काममा हात नहाल्नु होला घाटा हुन सक्छ । अलमलमा पर्नु भयो भने धेरै काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनसक्छ ।

 

सिंहः– सवैलाई आफ्नो ठानेर काम नगर्नु होला विश्वास घात गर्ने पनि कम हुने छैनन । मुद्धा मामिलामा जीत हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तित्वबाट सहयोग मिल्नेछ ।

 

कन्याः– भ्रममा नपर्नु होला । पढाईतिर भन्दा बाहिरी काममा बढि ध्यान जाने छ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ सतर्क रहनु होला । आलस्यता नै शत्रु सम्झेर काम गर्नुु होला । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला । व्यापार व्यवसायबाट उचित फल पाईने छैन । प्रेमिकाले धोका दिन सक्छिन् ।

 

तुलाः– पारिवारिक समस्या बढ्ने छन् । भौतिक सुखमा कमि आउनेछ । आशा निराशामा परिणत हुनेछ । अरुको काम गरेर जश कम पाईने छन् । आफ्ना काम सफल गर्न पनि बढि मेहनतको आवस्यकता पर्नेछ ।अरुको भर धेरै नपर्नू होला । विश्वास घात हुनसक्छ । मन विरक्तिनेछ ।

 

वृश्चिकः– समग्रमा दिन उत्तम देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । कर्म अनुसारको फल राम्रै मिल्नेछ । विगतमा रोकिएका काम अगाडि बढ्ने छन् । आफन्तबाट प्रेरणा मिल्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । अध्ययनमा अभिरुची बढ्नेछ ।

 

धनुः– लेनदेन कारोवारमा ध्यान दिनु होला नत्र दिएको धन डुब्न सक्छ । आफन्तले विश्वास घात गर्न सक्छन् । बोलीको अनर्थ लगाउने छन् । विना तयारी लाग्दा काम विग्रिने छन् । आरोप आउन सक्छ सर्तक रहनु होला । ख्याल राख्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार खस्किनेछ ।

 

मकरः– दिन सामान्य अनुकुल देखिन्छ । भ्रममा नपर्नु होला । आतुरमा कुनै काम नगर्नु होला ।स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । गलत विचार त्यग्नु होला । मिलेर कुनै काम नगर्नु होला ।

 

कुम्भः– समय खराव देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायमा गरेको लगनी डुब्न सक्छ । आफन्तसँगको विश्वास र भरोसा टुट्नेछ । जोखिम पूर्ण यात्रा नगर्नु होला दुर्घटनाको भय देखिन्छ । मिशनमा पुग्न गाह्रो हुनेछ । अरुको कुरामा धेरै नलाग्नु होला । धन आफन्त मान्छे भए पनि नदिदा राम्रो हुनेछ ।

मिनः– समग्रमा दिन अनुकुल नै देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । सानो मन गरेर काम नगर्नु होला । गरेका अधिकाँश काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा मंगलिक काम हुन सक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरु बढ्ने छन् । सहयोगी हात भेटिने छन् । –पंडित सुराचार्य ।