वृद्ध मृतावस्थामा भेटिए

काभ्रेपलाञ्चोक, कात्तिक २ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध शुक्रबार बिहान मृतावस्थामा भेटिएका छन् ।

७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँका अनुसार लामा कटेजमा एक्लै बस्दै आएका थिए ।

 

“ढुङ्गाले हानेर मारेको देखिएको छ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “हामी घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।” लामालाई बिहान उनकै कटेज बाहिर मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । रासस