अन्तत : एसपि डिल्लिराज बिष्ट बर्खास्त,बुट र बर्दिसमेत जफत

काठमाडौँ  कार्तिक ४।निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिनुभयो ।

 

प्रहरी नायब निरीक्षक एवम् प्रवक्ता उहाँले गृहमन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

एसपि बिष्ट बर्खास्तपछिअब उनले खार्इपार्इ अाउदै गरेकाे कुनै पनि सुविधा पाउने छैनन् भने उनले लगाएकाे बुट र बर्दिसमेत जफत गरिने छ।