वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष

काठमाडौं, कात्तिक ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ ।

 

सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी काम सुरु गरिसकेको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यसका लागि श्रमिकको मासिक ५ सयदेखि १ हजार रुपैयाँभन्दा बढी क्षमताअनुसार रकम जम्मा गर्ने गरी कानुनी हैसियत भएको संयन्त्र निर्माण गर्ने काम भइरहेको बताए । समाचार आजको कारोबारमा छापिएको छ।