तपाई स्वच्छ हुनु हुन्छ की कुनै रोगले आक्रमण गर्दै छ ?मात्र १ मिनेटमा जादुमय तरिकाले थाहाँ पाउनुहोस रोग लागे नलागेको

 

काठमाडाै । जीवनशैलीमा आएको नाटकीय परिवर्तनसँगै रोगको संक्रमण समेत बढेर गएको छ । शहरी क्षेत्रमा रोग लागे या नलागेको बारेमा रगत र अन्य कुराको परीक्षणबाट पत्ता लगाउन सकिएपनि सबैले त्यसो गर्न सक्ने अवस्था छैन । ग्रामीण क्षेत्रमा त झन परीक्षणको सुविधा नभएका कारण बिमारी छ या छैन थाहा नै नपाई गम्भीर बिमारीको शिकार बन्नुपर्ने अवस्था रहेको छ ।

 

तर आफ्नो शरीरले गर्ने संकेत र लक्षणका आधारमा हामीले रोगका सामान्य अनुमान गर्ने गरेका हुन्छौं । यहाँ यस्तै एउटा सामान्य विधि दिइएको छ, यसलाई प्रयोग गरेर एक मिनेटमा नै हामीभित्र के कुराको समस्या छ, पत्ता लगाउन सकिने छ ।

 

यो तरिका पत्ता लगाएको हो टोरोन्टो विश्वविद्यालयले । विश्वविद्यालयका उप प्राद्यापक र ब्रोडकाष्ट मेडिकल जर्नलिष्टले एउटा अनुसन्धानका क्रममा बिमारी पत्ता लगाउने यो सजिलो उपाय पत्ता लगाएका हुन ।

कसरी गर्ने परीक्षण ?

चम्चाको भित्र पसेको भागलाई जिब्रोमा राखेर यसलाई बिस्तारै बिस्तारै ¥याल नआउँदासम्म रगडनुस् । चम्चामा राम्रोसँग मुखको ¥याल लागेपछि यसलाई मुखबाट निकालेर एउटा पोलिथिनमा राख्नुस् ।

अब यो पोलिथिनलाई एउटा चम्किलो प्रकाश अगाडि, टेबल ल्याम्प या बल्बको अगाडि राखेर दुई तीन मिनेट त्यत्तिकै छोड्नुस् ।

बिमारी कसरी चिन्ने त ?

चम्चा सँघ्नुस, यदि पोलिथिनबाट मीठो वास्ना आयो भने तपाईलाई सुगर या चिनी रोगको सम्भावना हुन सक्छ ।

 

यदि चम्चामा पहेलोपना देखियो भने थाईराईडको समस्या हुन सक्छ । यदि चम्चाको रङ्ग बैजनी देखियो भने शरीरमा रक्त सञ्चार ठीक ढंगले नभएको जनाउँछ र कोलेष्ट्रोलको मात्रा बढेको हुनसक्छ ।

 

यदि चम्चाको रङ्ग सेतो भए तपाईको शरीरमा संक्रमणको बिमारी हुने सम्भावना रहेको हुन्छ । यदि चम्चाको रङ्ग सुन्तला जस्तो पहेलो देखियो भने किडनीमा समस्या हुन सक्छ ।