आजदेखि प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता शुरु

पशुपतिनगर, ७ कात्तिक । पूर्वी इलामको सूर्योदय नगरपालिका–९ मा प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

समृद्ध युवा समाजको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो दिन छ वटा खेल सम्पन्न भएका छन् । फिक्कल टी एण्ड कफी कम्पनी लिमिटेडको प्रायोजनमा शुरु भएको सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टिम सहभागी छन् ।

 

आज भएका खेलमा सुन्दरपानी भेनस, सूर्योदय भेट्रान्स क्लब, तिनघरे भेट्रान्स, शिवसतासी भेट्रान्स, भारतको दार्जिलिङ भेट्रान्स र झापाको दमक भेट्रान्स विजयी भएका आयोजक समितिका अध्यक्ष मानवीर लाप्चाले बताउनुभयो ।

 

छ साइडमा खेलाइने प्रतियोगितामा हरेक टोलीमा दुई खेलाडी ३५ देिख ४० वर्षका र अन्य खेलाडी ४० वर्ष माथिका सहभागी हुनेछन् । सो प्रतियोगितामा विजेता टिमले रु ५० हजार, उपविजेताले रु ३५ हजार र सान्तवना टिमले रु १० हजारसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । रासस