हाेसियार?कतै तपार्इ पनि यसरी ठगिनु हाेला,युवतीको प्रयोग गरेर चरित्र हत्या गरी रकम असुल्ने देखि सावधान

काठमाडाै कार्तिक ८।   युवतीको प्रयोग गरेर व्यापारीको चरित्र हत्या गरी रकम असुल्ने दुई जना पक्राउ परेका छन् । गोरखा पालुङटार नगरपालिका वडा नम्बर ८ घर भएका ३१ वर्षीय बद्रिनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउँपालिका वडा नम्बर ४ घर भएकी २५ वर्षीया इन्दिरा उप्रेतिलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको छ ।महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए ।

 

ललितपुर कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई फेसवुक म्यासेन्जरमा निशा अधिकारीको नामबाट फ्रेन्ड रिक्वेष्ट पठाई इन्दिराले व्यवसायीको मोबाइल नम्बर मागेर फोन गरी काम छ भन्दै अफिसमा भेट्न गएकी थिइन् । गत कार्तिक १ गते इन्दिराले अफिसमा गई आफ्नो नाम इन्दु भएको बताइन् । त्यसपछि उनले थाहा नपाउने गरी मोबाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखी नजिक हुँदै व्यवसायीको छेउमा गई अँगालो मारी चुम्बनसमेत गरेको रेकर्ड गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

 

अफिसबाट फर्किएपछि केही दिनमा नै गणेश लामा बताउने व्यक्तिले इमोबाट फोन गरी एक करोड रुपैयाँ माग गरेको, नदिए भिडियो युटुब र फेसबुकमा हालिदिने धम्की दिएका थिए । व्यापारीले प्रहरीमा उजुरी दिएपछि दुवै जना पक्राउ परेका हुन् ।