यी ५ सरल व्यायामबाट ५ मिनेटमै ढाड दुख्ने र खुट्टा दुख्नेसमस्याबाट छुट्कारा

५ मिनेटमै ढाड दुख्ने र खुट्टा दुख्नेसमस्याबाट छुट्कारा, मात्र यी ५ सरल व्यायामबाट

काठमाडौ कार्तिक १०  – खुट्टा शरीरको महत्वपूर्ण भाग हो । विभिन्न शारिरीक कसरतहरु गर्दा खुट्टाकै आधार लिनुुपर्ने हुन्छ । त्यसैले खुट्टाको हेरविचार गर्न निकै नै आवश्यक छ । यसले खुट्टा र ढाड दुख्ने समस्याबाट चाडैं छुट्कारा दिलाउँछ ।

प्रकारका कसरतहरुको बारेमा जानकारी दिन्छौं । यस व्यायामलाई नियमित रुपमा गर्नसकेमा खुट्टासम्बन्धि विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
१० खुट्टाको औंलाले थिच्नेस् खुट्टालाई आराम दिलाउनको लागि तपाईंले यस कसरतलाई गर्न सक्नुहुन्छ । सबैभन्दा पहिला सिधा उभिनुहोस् । त्यसपछि घुँडालाई बिस्तारै खुम्चाई खुट्टाको औंलाले भुइँमा टेक्नुहोस् । यसै पोजिशनमा एकछिन बस्नुहोस् । यस व्यायामलाई दिनको ३ पटक सम्म गर्नुहोस् ।

२० खुट्टाको औंलाको मद्धतले हिंड्नेस् खुट्टाको औंलाको आधार लिई हिंड्ने कसरतले खुट्टाको मांसपेशीलाई बलियो बनाउँछ । यो व्यायाम निकै नै सरल छ । यसको लागि कुर्कुच्चा उचालेर खुट्टाको औंलाले टेकेर २० सेकेण्डसम्म हिंड्नुहोस् । त्यसपछि १० – १५ मिनेट आराम लिनुभई फेरी ५ पटकसम्म हिंड्नुहोस् । राम्रो परिणामको लागि दिनको दुईपटक यस कसरतलाई गर्नुहोस् ।

३० गोलीगाँठोको कसरतस् गोलीगाँठोको गतिशीलता र लचकता निकै नै महत्वपूर्ण छ । कहिलेकाहीं शरीर भारी महशुुुस हुनुको कारण गोलीगाँठो कस्सीएर पनि हुन सक्छ । यसको परिणामस्वरुप मांसपेशी र जोर्नी दुख्ने हुन्छ । मांसपेशी कसिएर ढाड दुख्ने , घुँडा दुख्ने आदि समस्या हुने गर्छ ।

यसको लागि सबैभन्दा पहिला शरीरलाई सीधा पारी सुत्नुहोस् । त्यसपछि आफ्नो एउटा खुट्टालाई विस्तारै टाउको माथि लगी गोलीगाँठोलाई घडिको दिशामा घुमाई १० सम्म गणना गर्नुहोस् र खुट्टालाई तल राख्नुहोस् । अर्को खुट्टामा पनि यसै विधिलाई दोहोर्याउनुहोस् ।

४० रेजिस्टेड फ्लेक्सनस् यस व्यायामको लक्ष्य सानो खुट्टाको मांसपेशी हो । जस्ले खुट्टालाई सन्तुलन राख्ने उत्तरदायित्व निर्वाह गर्छ । यस व्यायामले तपाईंको खुट्टाको मांसपेशीलाई तन्काउनुको साथै चोटपटकबाट बचाउँछ ।

यसको लागि भुँईमा बस्नुहोस् । आफ्नो दुबै खुट्टालाई सीधा अगाडि तन्काउनुहोस् । पट्टिलाई पैतालामा बाँधि पछाडि ढल्कनुहोस् र सीधा तन्काउनुहोस् । यस पोजिशनमा ५ सेकेन्डसम्म बस्नुहोस् । एकछिन आराम लिनुभई १० पटकसम्म यस प्रक्रियालाई दोर्याउनुहोस् ।

५० टोई पेन्सिल पिकअप्सस् यो कसरत निकै नै सामान्य र सरल छ । पेन्सिललाई भुईंमा राख्नुभई खुट्टाको औंंलाले टिप्नुहोस् । १० सेकेन्डसम्म यसै पोजिशनमा बस्नुहोस् । यस कसरतलाई दुबै खुट्टामा ५–५ पटकसम्म गर्नुहोस् । एजेन्सी