डा बाबुराम भट्टराई र जनसमाजवादी पार्टी एकता

काठमाडौं कार्तिक १०  डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा जनसमाजवादी पार्टी समाहित भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्नुपूर्वको नेकपा माओवादी केन्द्रका सहयोद्धा अहिलेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्यांग्य गर्दै चियापानमा सरिक नभएका भट्टराईको पार्टीमा जनसमाजवादी पार्टीको प्रदेश ५ का ८ जिल्ला समितिहरु गाभिएका हुन् ।

 

पत्रकार सम्मेलन गरी जनसमाजवादी पार्टी प्रदेश ५ का संयोजक चेतनारायण पन्थीले १२ जिल्लामध्ये ८ जिल्लाका अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी नयाँशक्ति पार्टीमा समायोजन भएको घोषणा गरे । उनले रोल्पा, रुकुम, बर्दिया र दाङका सिंगो जिल्ला कमिटी पनि छिट्टै समायोजन हुन लागेको जानकारी दिए ।

 

केन्द्रिय तहबाटै नयाँशक्तिसँग पार्टी एकतको निम्ति छलफल चले पनि नेतृत्वको व्यक्तिवादी र पुरानै सोचको कारण एकता हुन नसकेकोले कार्यकर्ता स्तरबाट विद्रोह भई समायोजन प्रकृया अगाडि बढेको उनले बताए । पार्टी एकताका बारेमा संयोजक भट्टराईसँग छलफल गरेरै आफुले यो निर्णय लिएको वन्थीको भनाई छ ।

 

कार्यक्रममा नयाँशक्ति पार्टीका केन्द्रिय सचिवालय सदस्य नवराज सुवेदीले नव प्रवेशीहरुलाई स्वागत गर्दै वर्तमान सरकारबाट सुशासन र समृद्धिको अपेक्षा राख्न नसकेको आरोप लगाउँदै नयाँशक्ति पार्टीलाई देशको वैकल्पिक शक्तिका रुपमा जनताले उभ्याउन लागेको बताए ।