गोरखापत्रका महाप्रबन्धकलाई सरकारले हटायो

काठमाण्डु, ११ कात्तिक– मन्त्रिपरिषद्को आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने मित्र राष्ट्र कतार भ्रमण स्वीकृत गरेको छ ।

 

राष्ट्रपति भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा यही कात्तिक १२ देखि १५ गतेसम्म प्रतिनिधिमण्डलका साथ त्यहाँको भ्रमण गर्दै छिन् ।

नेपाल–कतारबीच द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्ने सो भ्रमणको मुख्य उद्देश्य रहेको छ । उक्त अवसरमा कृषि तथा पशुपक्षी विकाससम्बन्ध स्वास्थ्यसम्बन्धी  सुरक्षा सहयोगसम्बन्धी  प्रेस तथा सूचनासम्बन्धी तथा दुवै देशका कूटनीतिक राजदानी वाहकका लागि प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिने छ । बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय समेत गरेकोमन्त्री बाँस्कोटाले जानकारी दिए ।

 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टलाई नेपाल–मलेशिया सरकारबीच कामदार आपूर्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिए ।

 

सोमबार श्रममन्त्री विष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानबीच सो सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ । मन्त्रिपरिषद्को बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।
रासस