महालक्ष्मी नगरपालिका बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा पनि सराेकारवाला निकायले अझै वास्ता नगर्दा सर्वसाधारण धुलाे खान बाध्य

     

   विष्णु आले ‘विकिरण’

 ललितपुर,कार्तिक १३। बर्खामास सधैँ हिलाम्मे देखिने महालक्ष्मी नगरपालिका नजिकैको सडक हिउँदभर धुलाम्मे हुने गरेको छ।ललितपुरको ग्वार्खो भएर लामाटार तर्फ चल्ने रोडमा धुलोको मात्रा बढन थालेपछि नगर प्रहरी कार्यालयले बिहान बिहान सडकको झुलो मत्थर गर्न पानी छ्याप्ने गरेको सानागाउँ निबासी एक प्रत्यक्ष दर्शीले बताए।प्राय:अफिस समयमा चल्ने सबारी साधनहरु(माइक्रो, साझा,मिनिबस,ट्यांकर,­ट्रिपर,जीप भ्यान, बाइक)को चापले सडक छ्याप्पै ढाकेर चल्ने गर्छन्।

राजनीतिकर्मीहरुको बाक्लो यात्रा रहने सो सडकमा अहिले सम्म सडक पिच नहुनाले सो समस्या आएको स्थानीयबासिन्दाको गुनासो छ। नेकपाका जिल्ला नेता मदन पौडेल,काँग्रेसका चन्द्र महर्जन,बाबुराम भट्टराइका रत्न महर्जन दैनिक जसो सो रुटमा आफ्ना सबारी गुडाउँछन् तर सडक पिच तर्फ ध्यान दिदैनन्।

 

त्यसो त महालक्ष्मी नगर पालिकाका मेयर रामेश्वरले पनि सडक पिचतर्फ त्यति ध्यान नदिएको होकि भन्छन् लुभुकी रिता श्रेष्ट।पहिले ललितपुर महानगरको पहलमा लामाटार सम्म बाटो पिच गर्ने योजना ल्याइएपनि हाल गोदावरी र महालक्ष्मी नगरपालिका गरेर दुइ नगर र एक महानगरपालिकामा बिभाजित भएपछि विकास निर्माणका बजेट बाँडफाँडमा असर महालक्ष्मी नगरका एक अधिकृतले बताए।

रामेश्वर श्रेष्ठ प्राय बाहिरको मिटिड्· तथा भ्रमणमा व्यस्त रहन्छन्। कार्यालयमा आउने दलीय प्रतिनिधिले समेत भेटघाट गर्न सकिरहेका छैनन्। असारमा हिलो अनि हिउँदमा धुलो बढ्ने यो सडक कहिले पिच होला र यात्रुहरुले सुखले यात्रा गर्न पाउलान् त।महानगरपालिका मेयर रामेश्वर श्रेष्ठ भन्छन् यसपालि सडक पिच हुन्छ ।