पाथीभरा अनलाइनका सम्पादक प्रहरी फन्दामा,प्रधानमन्त्रीकाे बारेमा गल्त समाचार लेखेकाे अाराेप

काठमाडौं कार्तिक १३। अस्पतालमा उपचार गराइरहेका प्रधामन्त्री केपी शर्मा ओलीको बारेमा मिथ्या फेक समाचार सम्प्रेषण गर्ने एक अनलाइनका सम्पादकलार्इ प्रहरीले पक्राउ गरेको छ।

‘भ्रमपूर्ण समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जनमा गरेको’ भन्दै महानगरीय अपराध महाशाखाले पाथिभरा अनलाइन डटकमका सम्पादक हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो। उनलाई विद्युतीय अपराध तथा कसुर अन्तरगत कारबाही सुरु गरिएको बताइएको छ।

 

स्याङजाको हरिनाथ गाउँपालिका घर भएका मानन्धर काठमाडौंका कागेश्वरी मनहरा नगरपालिका ८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।