दैनिक जीवनमा यो समयमा पानी पिउनुहोस,तन्दुरुस्त शरिर बनाउन चाहानुहुन्छ भने

काठमाडाै। स्वस्थ शरीरका लागि पानी सेवन गर्नु निकै नै महत्वपूर्ण हुन्छ भन्ने धेरैलाई थाहा छ । तर, एक दिनमा पानी कति पिउने भन्ने विषयमा भने विज्ञहरूका फरक–फरक मत पाइन्छन् । धेरैजसोको बानी हुन्छ कि पानी नै नपिउने वा तिर्खा लागेको समयमा एकैपटक धेरै पिउने ।

 

यसरी एकैपटक धेरै पानी पिउनु पनि स्वास्थका लागि पक्कै राम्रो मानिँदैन । यसले गम्भीर खालको समस्या पनि ल्याउन सक्छ । धेरै पानी पिउँदा हाइपोनट्रेमिया रोग पनि लाग्न सक्छ । हाइपोनट्रेमिया रगतमा सोडियमको मात्रा कम भएर लाग्न सक्छ । शरीरलाई आवश्यकभन्दा धेरै पानी हँुदा पिसाबबाट धेरै नुनको मात्रा छोटो समयमा बाहिर जान्छ । धेरै पानी छोटो समयमा छान्नुपर्दा किड्नीलाई पनि असर पर्न सक्छ।

 

खासमा एकदिनमा पानी यति नै पिउनुपर्छ भन्ने खासै नियम छैन । तर, आफ्नो शरीरलाई आवश्यक पर्ने परिमाणमा भने पिउनु लाभदायक हुन्छ । प्रत्येक मानिसको शारीरिक बनावटअनुसार पानीको मात्रा पनि फरक–फरक आवश्यक हुन्छ । सामान्यतया प्यास लाग्दा पानी पिउने गरिन्छ । कुनै मानसिक थकान वा मानसिक रूपमा तनाव हुँदा पनि छिनछिनमा पानी पिउन मन हुन्छ । त्यसैले यस्तो समयमा दिनमा धेरैपटक गरेर पानी पिउनु राम्रो हुन्छ । एकपटकमा सकेसम्म दुई गिलासभन्दा बढी पानी नपिउँदा ठीक हुन्छ ।

 

बिहान उठ्नेबित्तिकै एक या दुई गिलास पानी पिउनु राम्रो हुन्छ । त्यसपछि खाना खानुभन्दा करिब आधा घन्टाअघि पानी पिउनु उचित हुन्छ । खाना खाएको एक घन्टापछि पानी खाने गर्नुपर्छ। त्यस्तै, खाजा खानुभन्दा आधा घन्टा अघि र खाजा खाएको एक घन्टापछि पनि पानी पिउनुपर्छ । राति पनि खाना खानुभन्दा आधा घन्टाअघि र खाना खाएको एक घन्टापछि पानी पिउनु अत्यन्त फाइदाजनक हुन्छ । खानासँग पानी पिउनु राम्रो हुँदैन ।