मुखमा ‘पेट्रोल’ हाली जादु देखाउछु भन्दै आगो लगाएपछि

बैतडी, असोज १८ । जादु देखाउछु भन्दै मुखमा पेट्रोल हालेर आगो लगाएका बैतडीका एक बालक जलेर घाइते भएका छन् ।

घाइते हुनेका दशरथचन्द नगरपालिका–४ बुदखोलाका १३ वर्षीय सन्तोष तिरुवा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

 

तिरुवाले बिहीबार दिउँसो साढे ३ बजेतिर गाउँमै साथीहरु जम्मा गरेर जादु देखाउछु भन्दै मुखमा पेट्रोल हालेर आफैले आगो लगाएको हो । घाइते तिरुवाको मुख र छाली आगोले जलेको छ ।

 

जलेर घाइते तिरुवाको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।