आज मिति २०७५ साल आश्विन १९ गते शुक्रवारकाे राशीफल हेर्नुहोस

मेषः– सानो कुरालाई लिएर पारिवारिक द्वन्द्व चल्न सक्छ होशियार हुनुहोला । साना साना कुराले भोली असर गर्नेछ । खरीद गरेका वस्तु कमसल पर्ने छन् । सामाजिक उत्तरदायित्व वहन गर्न सकिने छैन । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

 

वृषः– संचित धन बढ्नेछ । धार्मिक गतिविधिबाट लाभान्वित हुनुहुनेछ । भाई बन्धु स्त्री तथा सन्तानबाट सहयोग,सुख एवं शान्ति मिल्नेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । दीक्षा भ्रमण हुनसक्ने कुरालाई नकार्न सकिन्न । साँझपख समय प्रतिकुल बन्नेछ । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । फजुल खर्चमा वृद्धि हुनेछ ।

 

मिथुनः– आर्थिक पक्ष कमजोर देखिन्छ । आर्जनका काम भन्दा भोर्जनका काम बढि हुनेछन् । सहयोग गर्ने भन्द असहयोग गर्ने बढि हुनेछन् । दिने भन्दा लिन खोज्ने बढि होलान् । व्यापारमा आएको मन्दि कायम रहने देखिन्छ । आफन्तमा झगडा हुनसक्छ सजग रहनु होला । साँझपख समयमा सामान्य सुधार आउनेछ । विवादबाट टाढा बस्नु उचित हुनेछ ।

 

कर्कटः– हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम हुनसक्छ सचेत भएर काम गर्नु होला । परोपकारी काम हुनेछन् । दान पुण्यमा धन खर्च हुनेछ । उपलब्धिका काम भन्दा बढि मनोरञ्जनमा ध्यान जानेछ । घरमा जमघट बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला । सहयोग अल्प मिल्नेछ ।

 

सिंहः– मेहनत पूर्वक गरेका कामबाट पनि उचित लाभ लिन सकिने छैन । आफन्तमा झै–झगडा पर्न सक्छ । संचित धनमा ह्रास आउनेछ । व्यय मार्गका ढोका अझै बन्द हुने देखिन्न । आशा र भरोसा टुट्न सक्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । यात्रा गर्दा सतर्क रहनु होला ।

 

कन्याः– समयमा काम सम्पन्न गर्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । ढिला सुस्ति भएमा आएको अवसर पनि गुम्ने सम्भावना रहनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछि समयले कम साथ दिनेछ । आम्दानीका मार्ग खुम्चिने तथा व्ययका मार्ग खुल्नेछन् ।

 

तुलाः– सामान्यतया दिन अनुकुल नै देखिन्छ । बातावरण मिलाएर काम गर्नु होला । चुनौतिका विच धेरै काम बन्ने छन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आफुमा भएको ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला । घर बाहिर बसेर गरेका काम बढि फलदायी हुनसक्छ । व्यापारमा सुधार आउनेछ ।

 

वृश्चिकः– इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्ति कम हुने देखिन्छ । तर समय भने सुधारोन्मुख देखिन्छ । कामले विस्तारै गति लिनेछ । आशाका अङ्कुर पलाउने छन् । दीक्षा यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् । बाह्य काममा समय बढि दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । सहयोग कम मिल्नेछ ।

 

धनुः– समयले अझै साथ दिने देखिन्न । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । शरीरिक एवं मानसिक थकान बढ्नेछ । लेनदेन कारोवारमा समस्या सृजना हुनसक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । वोलीको अनर्थ लगाउने छन् । अर्थ अभाबका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । आफन्त सँग विश्वास गुम्नेछ ।

 

मकरः– अर्थ अभावको महशुस हुनेछ । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि फाइदा हुनेछ । लगनशिल भई समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापारिक यात्रा हुनसक्छ । बादविबादबाट टाढा बस्नुहोला । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ । साँझपख काममा अवरोध तथा खर्च विवाद बढ्न सक्छ ।

 

कुम्भः– हेलचक्र्याई गरेमा दुःख पाईनेछ । काम गरेर अरुलाई बढि कमाई दिने अवस्था आउन सक्छ । अरुको भर परेर काम गर्नु भयो भने अवसरबाट वञ्चित हुने अवस्था आउनेछ । संघर्षबाट केहि उपलब्धि हात लाग्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तिको विश्वास परेर कुनै काम नगर्नु होला । मुद्धामा जीत हुनेछ ।

 

मिनः– दुष्ट स्त्रीको संगले इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । आफ्नो भन्दा अरुको पालन पोषण बढि हुनेछ । काम गरेर जश कमै मिल्नेछ भने विवाद बढि हुनेछ । स्पष्ट कार्य दिशा तयार तय नहुदा कार्य योजना अगाडि बढ्ने छैनन । समान खरीदमा खर्च हुनेछ ।