आमाछोरीको शव सामुदायिक वनमा ,हत्या की आत्महत्या ?

लमही, असोज १९ । बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् ।हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

 

स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । छोरी सहित यही असोज १३ गते माईतिघर रोल्पा जान भनी हिडेँ पनि लामो समयसम्म सम्पर्कमा नआएको आफन्तले बयान दिएको प्रहरीले जनाएको छ ।

 

स्थानीयले आज बेलुकी ५ बजेतिर शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब सड्ने अवस्थामा रहेकाले ४÷५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । आफन्तले हत्या भएको हुनसक्ने भन्दै शब उठाउन मानेका छैनन् ।रासस