भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं, असोज १९ । भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।अब नेपालले फाइनलमा बंगलादेश र भुटानबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

 

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय १ – १ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो ।

 

नेपालले रश्मी कुमारी घिसिङको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । घिसिङले खेलको १६ औं मिनेटमा गोल गरेकी थिइन । तर, भारतले खेलको ६३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

 

समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै नेपाल सेमिफाइलनमा पुगेको हो। समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो भने बङलादेशसँग २–१ गोलले पराजित भएको थियो।