अचम्मै भो ! गोरुले दुध दिन थालेपछि

सिन्धुपाल्चोक , २१ असोज । पहिले कहींकतै नदेखेको नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन ।

 

हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ।

पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।

 

ुदूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौुं, शेर्पाले भने, दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ । हाल गाउँपालिकाले दूध दिने गोरुसँगै शिवमन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ । समाचार आजको कान्तिपुर छापिएको छ ।