यसपालीको ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्ड कुलमान घिसिङलाई

काठमाड असाेज २१। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित हुनुभएको छ ।

रेडियो, टेलिभिजनलगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीजले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरेको हो ।

 

कम्पनीले ऊर्जा क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई कहालीलाग्दो लोडसेडिङबाट मुक्त गरेको भन्दै घिसिङलाई सम्मानित गरिएको जनाएको छ ।दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । २०७५ सालको वैशाखबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

 

उनकै नेतृत्वमा आर्थिक वर्ष आर्थिक वर्ष २०७२र७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आ व २०७३र७४मा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । आव ०७४र७५मा प्राधिकरणको नाफा १ अर्ब १ करोड रुपैयाँ आर्जन हुने प्रक्षेपण गरिएको छ । संचालन नाफा ७ अर्ब ८६ करोड रुपैयाँ रहेकाले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खूद वार्षिक नाफा अहिले प्रक्षेपितभन्दा अझै बढ्ने अनुमान गरिएको छ ।

 

घिसिङकै नेतृत्वमा गएको आर्थिक वर्षमा विद्युत चुहावट २०।४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५।५ प्रतिशत र करिब १४।५ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा विद्युत चुहावटलाई १८।५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत तथा प्रसारण लाइन आयोजनाका कामले पनि तीव्रता पाएको छ ।