नेपालको सानदार जित, भुटान ११७ रनले पराजित

काठमाडौं, असोज २३ । टी(२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सजिलै जित हात पारेको छ ।छनोट प्रतियोगितामा लगातार चौथो जित हात पर्दै नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको छ । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६।४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो ।

 

नेपालको तर्फबाट सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३(३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक(एक विकट लिए ।

 

यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।

 

नेपालका ओपनर विनोद भण्डारी पहिलो बलमै आउट भएका थिए , जतिबेला टिमको स्कोर मात्र ६ रन थियो ।दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका अनिल २७ रनमा आउट भएका थिए भने आरिफ शेखले १३ रन जोडे ।

ऐरी ७५ र करण केसी ११ रनमा अविजित रहे । ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए ।