महावली हनुमानका यस्ता ५ मन्त्र जप्नुहोस तपाईले भने जस्तो जागिर,व्यावसाय र मायालु पाउनु हुनेछ

काठमाडाै।  हनुमानजीको मन्त्रको प्रयोग कुनै पनि शुभ मुहूर्तमा मंगलबार या शनिबार गर्न सकिन्छ । जो व्यक्ति जागिर, व्यवसाय, करियर, प्रेम, स्वास्थ्य र प्रगतिको मनोकामना राख्दछ उसको लागी यो प्रयोग वरदान साबित हुन सक्छ । जो कोही आफ्नो जीवनमा हरेक तर्फबाट सफलता प्राप्त गर्न चाहन्छ उसले यो उपाय एक पटक प्रयोग गरेर हेर्नको लागी ज्योतिष शास्त्रले बताएको छ । रोजगार(ऐश्वर्य प्राप्तिको लागी हनुमान गायत्री मन्त्रको यथाशक्ति ११(२१(५१ माला जप्नुहोस् । आफ्नो देशकालअनुसार हवन गर्नुहोस् । मन्त्र सिद्ध हुनेछ ।

जागिर, व्यवसाय, भविष्य र प्रेमको लागी उपयोगि रहेको छ यी ५ अचूक मन्त्र

१। ॐ नमस् शिवाय ॐ हं हनुमते श्री रामचन्द्राय नमस्।

२। ॐ नमो भगवते आंजनेयाय महाबलाय स्वाहा।

३। ॐ नमो भगवते हनुमते महारुद्राय हुं फट स्वाहा

४। ॐ हं पवन नंदनाय स्वाहा

५। ॐ नमो हरिमर्कट मर्कटाय स्वाहा।

६। ॐ ह्रीं आंजेनाय विद्महे, पवनपुत्राय धीमहि तन्नोस् हनुमान प्रचोद्यात्।।