हिमाल आरोहणगर्न आधार शिविर पुगेका ८ जनाको मृत्यु,यस कारण भएछ पुरा पढनुहाेस् !

काठमाडौं ,असोज २८ । म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये सातजनाको मृत्यु भएको छ ।पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित नौ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा पुगेका थिए । उनीहरुको खोजीका लागि गएका स्थानीयवासीले तीमध्ये सात जनाको शव देखेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

 

यद्यपी सिम्रिक एयरको हेलीकोप्टरबाट आज बिहान गरिएको अनुगमनका क्रममा टे«किङ गाइड लाक्पा शेर्पाले आठ जनाको शव देखिएको बताउनुभएको थियो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

 

उनीहरुको शव आधार शिविरको खोच र भिरालो ठाउँमा रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेको बताइएको छ । टोलीमा रहेका नौ जनामध्ये सातजनाको शव देखिएको भएपनि दुईजनाको अवस्थाबारे पत्ता लाग्न नसकेको बताइएको छ ।

 

घटनामा परी मृत्यु भएकाहरु कसैको पनि सनाखत हुन सकेको छैन । घटनामा परी मृत्यु भएकाहरुको शव ल्याउन र बेपत्ताहरुको खोजी गर्न सिम्रिक एयरको हेलिकप्टर गुर्जा हिमालको आधार शिविरमा पुगेको भएपनि मौसमको खराबी र हेलीकोप्टरबाट झर्न सक्ने दक्ष प्राविधिकको अभावमा हेलिकोप्टर फर्किएको थियो ।

 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार घटनास्थलमा देखिएका शवहरुलाई निकाल्न र बेपत्ता रहेका दुईजनाको खोजी गर्न गृह मन्त्रालयको समन्वयमा भोलि बिहान ७ बजेपछि फेरि पनि सिम्रिक एयरको हेलिकोप्टरलाई बोलाइएको छ ।

 

उक्त हेलिकोप्टरमा प्राविधिकहरु रहने छन् । यही असोज २१ गते गुर्जा हिमाल आरोहणका लागि १० जनाको टोली आधार शिविरतर्पm प्रस्थान गरेको थियो । त्यसमध्येका एकजना कोरियन नागरिक आपूmलाई असजिलो महशुस भएको भन्दै आधार शिविरमा नपुग्दै बीच बाटोबाटै फर्किएका थिए । यही असोज २१ गते यात्रा प्रारम्भ गरेको टोली असोज २५ गते बिहानबाट सम्पर्क बिहीन भएको थियो ।

 

पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो । रासस