प्रहरीका इन्सपेक्टर र सिपाही घुस लिएर भाग्दै गरेकाे अवस्थामा पक्राउ

सुर्खेत, असोज २८ । घुस लिएर भाग्दै गरेका एक इन्सपेक्टर ९प्रहरी निरीक्षक० पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्जार्जसमेत रहेका इन्सपेक्टर सुशोभन श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

 

सेवाग्राहीसँग घुस रकम लिएर भाग्दै गरेका इन्सपेक्टर श्रेष्ठसँगै प्रहरी जवान तिलक लामिछाने पनि पक्राउ परेका हुन् । उनीहरुलाई घुसहित प्रक्राउ गरिएको जनाईएको छ । पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट सेवाग्राहीसँग १५ हजार घुस मागेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आइतवार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

 

‘स्थानीय एउटा सुनचाँदी पसलमा चोरी भएको रहेछ, त्यही घटनामा चोरलाई पक्राउ गर्नमा सहजिकरण गरिदिए वापत प्रहरीले घुस मागेको उजुरी हामीकहाँ आएको थियो’, डाँगीले भने, ‘उजुरीका आधारमा हामीले छापा मारेका थियौं । प्रक्राउ परेकाहरुमाथि अनुसन्धान अघि बढाईएको आयोगले जनाएको छ ।