हाेसियार,पानीपुरी र चटपटे खाँदा एकै पटक ४३ जना बिरामी

सुर्खेत असोज २९ । चटपटे र पानीपुरी खाँदा एकै पटक ४३ जना बिरामी परेका छन । जिल्लाकोभेरीगङ्गा नगरपालिका, रामघाटको सिन्चुमा उक्त घटना भएको हो । पानीपुरी र चटपटे खाएर बिरामी परेका जति अहिले खरतामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

बिरामीहरुको कर्णाली प्रदेश अस्पताल, कालागाँउ सुर्खेतमा उपचार भइरहेको छ । चटपटे व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको बताईएको छ ।