ग्यास स्टेसनमा काम गर्दै आएका नेपाली युवा विनोदमाथि अमेरिकामा गोली प्रहार उनको अबस्था चित्ता जनक

काठमाडौं मंसिर १९। अमेरिकाको टेक्सासमा एउटा ग्यास स्टेसनमा काम गर्दै आएका नेपालीमाथि गोली प्रहार भएको छ । गोली प्रहार हुनेमा ३१ वर्षीय विनोद जेठारा रहेका छन्।

 

एकजना बन्दुकधारीले टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेसनमा काम गर्दै आएका ३१ वर्षीय विनोद जेठारामाथि गोली हानेको र घाईयते उनको अबस्था चित्ता जनक रहेको बताइएको छ ।

 

धनगढीका जेठारामाथि सोमबार स्टोर खोल्न गएका बेला अश्वेत बन्दुकधारीले उनीलाई गोली हानेको थियो । गोली हान्नुको कारण अहिलेसम्म खुलेको छैन ।छातीमा गोलीका लागेका जेठाराको स्थानीय सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ । जेठाराकी श्रीमती र छोरी अमेरिका जाने तयारी मा रहेको पनि बताइएको छ ।