नेकपा स्थायी समिति बैठक : ‘एकताकै नाममा लखेटियो’


काठमाडौं , पुस ४ ।  नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप९प्रत्यारोपमा उत्रिएका छन्। प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे।

स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका छन्। उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरे।,

 

एकीकृत पार्टीमा दुई अध्यक्ष हुने निर्णय भएपनि सचिवालय बनाउँदा मनोमानी गरिएको पनि उनले जिकिर गरे। ‘पार्टीको मुख्य नेतृत्व कसले छनौट गर्ने, सचिवालय, पूर्ण कमिटी र महाधिवेशन कसले गर्ने रु यो कुनै व्यक्तिको इच्छा अनुसार हुने हो र रु प्रतिनिधित्व, योग्यता र वरियताको मापदण्ड के हुने रु कुन निकायले निर्धारण गर्ने रु ’ रावलले लिखित धारणा राख्दै टिप्पणी गरे।

 

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनुको औचित्यबारे पनि रावलले पार्टी नेतृत्वलाई प्रश्न गरे। ‘आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई ढृढतापूर्वक कार्यान्वयनन गर्ने बाटोमा हिंडनुपर्नेमा विपरीत सिद्धान्त बोेकेका पार्टीलाई सरकारमा ल्याउने कुरा कसरी आयो रु ’ रावलले भने।यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।