निर्मला हत्या प्रकरणबारे पत्रकार सम्मेलन गरिदै ,सार्बजनिक होलान त हत्यारा

काठमान्डौ ,पाैष ९। निर्मला हत्या प्रकरणमा दोषी पत्ता लगाउन नसकेको भन्दै आलोचना खेपिरहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार पत्रकार सम्मेलन गर्दैछन् । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसहित समसा मयिक घटनाबारे खनालले सोमबार दिउँसो पौने दुईबजे प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।उनले निर्मला हत्याका विषयमा अनुसन्धानको पछिल्लो अवस्थाबारे पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ ।उक्त घटनाका दोषी पत्ता लागे नलागेको विषयमा भने केही खुलेको छैन ।

 

प्रहरीले केही दिनअघि कञ्चनपुरका दुईजना युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । काठमाडौँबाट पक्राउ परेका प्रदीप रावल र कञ्चनपुरबाट पक्राउ परेका विशाल चौधरीले निर्मला हत्या घटनामा आफूहरु संलग्न रहेको साविति बयान दिएको कुरा बाहिर आएको थियो ।उनीहरुको संलग्नताबारे पुष्टि गर्न प्रहरीले डिएनए परीक्षण गरेको छ । विशालको संलग्नता रहेको नपाइएपछि उनलाई रिहा गरेको प्रहरीले प्रदीपलाई भने हिरासतमै राखेको छ ।