राजपाको मागप्रति ओली सरकार सकारात्मक,के टिकापुर काण्डका दोशी रेशम चौधरी मुक्त हुन्छन त ?

रेशम चाैधरी

काठमाडौँ , पाैष ११।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको माग प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्रीबीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका हुन् ।

 

छलफलमा कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतको विषय उठेको थियो ।प्रधानमन्त्रीले राजपाले उठाएका सबै विषय ‘प्याकेज’मै समाधान गर्ने आश्वासन दिए ।

 

राजपा अध्यक्ष मण्डलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको थियो । राजपाको बैठक बस्नुअघि नै प्रधानमन्त्रीले छलफलका लागि राजपा नेताहरुलाई बोलाएका थिए ।

 

यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाको मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको र अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी अगाडि बढाउने बताए ।