म्यानपावर कम्पनीले छ करोड धरौटी राख्नुपर्ने

काठमाडौं, पुस ११ । सरकारले वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीले राख्ने धरौटी रकम विृद्धि गर्ने प्रस्तावसहितको विधेयक संसदमा दर्ता गरिएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन विधयेकमार्फत वैदेशिक रोजगार ऐन, २०६४ मा भएको व्यवस्था भन्दा धरौटी रकम वृद्धि गरेर छ करोड रुपैयाँसम्म पुर्‍याउने प्रस्ताव गरेको छ।

 

संसद् सचिवालयमा दर्ता गरिएको विधेयकमा म्यानपावर कम्पनीको धरौटी अब कम्तीमा तीन करोड रुपैयाँ हुने प्रस्ताव गरिएको छ। वार्षिक एक पाँच हजार व्यक्तिलाई वैदेशिक रोजगरीमा पठाउने कम्पनीले एक करोड रुपैया नगद र दुई करोड बराबरको बैंक ग्यारेन्टी राख्नुपर्ने प्रस्ताव गरिएको खबर गोरखापत्र दैनिकमा छ।

 

वार्षिक पाँच हजारभन्दा बढी श्रमिक पढाउने उद्देश्य राखी इजाजत माग गर्ने कम्पनीले भने नगद र जिन्सीसहित ६ करोड धरौटी पुर्‍याउनुपर्ने भएको छ। दुई करोड नगद र चार करोड धरौटी पुर्‍याउनुपर्ने भएको छ। दुई करोड नगद र चार करोड रुपैयाँ बराबरको बैक ग्यारेन्टी राख्नुपर्ने नयाँ प्रावधान प्रस्ताव गरिएको छ।

 

नयाँ व्यवस्था अनुसार म्यानपावर कम्पनीले प्रदेश वा जिल्लामा शाखा खोल्न सक्ने व्यवस्था गरिएको छ। हालको एजेन्ट नियुक्ति गर्ने व्यवस्था हटाइएको छ। त्यस्तै पीडित श्रमिकले म्यानपावर कम्पनीविरुद्ध सम्बन्धित जिल्ला जिल्ला अदालतबाटै उजुरी गर्न सकिने छ।